नेपालमै बन्न थाल्यो कुखुरामा हुने कोरोना भाइरसविरुद्ध लगाउने खोप

अहिले विश्वका शक्तिराष्ट्रहरू मानिसलाई सङ्क्रमण गर्ने कोरोनाभाइरसविरुद्ध खोप बनाउने होडबाजीमा लागेका छन्।

तर के तपाईँलाई थाहा छ ? कुखुरामा पनि एकखाले कोरोनाभाइरस सङ्क्रमण हुन्छ।

र, त्यसले निम्त्याउने रोगको नाम हो ( एभियन् इन्फेक्शस् ब्रोङ्काइटिस् अर्थात् आईभी।

यद्यपि त्यसबाट मानिसले डराउनुपर्ने कुनै कारण छैन किनकि पशु चिकित्सकका अनुसार उक्त रोग कुखुराबाट मान्छेमा सर्दैन र कुखुराका लागि पनि खोप बनिसकेको छ।

त्यति मात्र होइन, नेपालमै निजी क्षेत्रबाट कुखुरामा लाग्ने उक्त रोगविरुद्ध खोप उत्पादन भइरहेको छ।

सरकारीस्तरबाट पनि यसै आर्थिक वर्षमा परीक्षण उत्पादन गर्न लागिएको अधिकारीहरूले बताएका छन्।

कुखुरामा लाग्ने रोग के हो ?

अधिकारीहरू र कुखुरा व्यवसायीहरूका अनुसार आईभी रोग ूएक प्रजातिको कोरोनाभाइरसका कारणू लाग्ने गर्छ।

यो कुखुरामा लाग्ने श्वासप्रश्वाससम्बन्धी रोग नै हो। तर यो रोगका कारण उमेर पुगेका कुखुरा मर्दैनन्।

चल्लालाई लागेमा भने केही मात्रामा मर्ने सम्भावना हुने उनीहरूको भनाइ छ।

आईभी लागेपछि कुखुराको उत्पादन क्षमतामा कमी आउँछ।

त्यसैले व्यवसायीहरूले अण्डा पार्नका लागि पालेका कुखुराका लागि भने यो रोगविरुद्ध खोप लगाउने गर्छन्।

पोल्ट्री व्यवसायी पशु चिकित्सक डा। तिलचन्द्र भट्टराई भन्छन्, ‘यो कुखुरामा लाग्ने ुमाइल्डु खालको रोग हो। यसले कुखुरालाई मार्ने होइन, उत्पादन घटाउने हो।’

२१ भदौ २०७७, आइतवार ०९:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु