कोरोनाबाट चितवनमा विहानै थप एकको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण चितवन मेडिकल कलेजमा उपचाररत थप एकको आज आइतबार विहानै ज्यान गएको छ ।
भरतपुर महानगरपालिका–१५ को ७० वर्षका पुरुषको आज बिहान ८ बजे मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो ।
ती पुरुषमा श्वासप्रश्वासमा समस्या थियो । साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले डाइलायसिस पनि गरिएको थियो । योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा चितवन जिल्लाका मात्रै १२ जना छन् ।
२१ भदौ २०७७, आइतवार ०९:३२ बजे प्रकाशित













