वीरगन्जमा थप एकजनाको कोरोनाबाट मृत्यु

वीरगन्जमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

नारायणी कोभिड अस्पतालमा उपचाररत पर्सा मेनपुरका ७५ वर्षीय वृद्धको शुक्रबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। अतुलेश चौरसियाले जानकारी दिए।

उनलाई गत भदौं ५ गते अस्पताल भर्ना गरिएको थियो। वृद्धमा निमोनिया साथै पुरानो टिबीको समस्या समेत रहेको अस्पतालले जनाएको छ।

शुक्रबार नै नारायणी अस्पतालमा उपचारको क्रममा १२ वर्षीय कोरोना शंकास्पद बालकको मृत्यु भएको उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

२० भदौ २०७७, शनिवार ११:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु