एकैदिन ३ बालिका बलात्कार गर्ने साँढे पुरुष पक्राउ

लमजुङमा एकै दिन तीन बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

तीन बालिकालाई ललाईफकाई गरी जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले क्व्होलासोंथर गाउँपालिका ३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई पक्राउ गरेको हो ।

भदौ ६ गते ११/११ वर्षीया दुई बालिका र ९ वर्षीया एक बालिकालाई ललाईफकाई जवरजस्ती करणी गरेको भनी प्रहरीमा जाहेरी परेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

तीन बालिकालाई कोही नबस्ने खाली घरमा लगेर जवरजस्ती करणी गरेको भनी भदौ १९ गते शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले जाहेरी दिएका थिए ।

प्रहरीमा जाहेरी आउनासाथ गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ललाईफकाई गर्दै मोबाइलमा अश्लिल भिडीयो देखाएर जवरजस्ती करणी गरेको पीडितले बताएका छन् ।

आधा घण्टा र एक घण्टाको फरकमा तीन बालिकालाई जवरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तीन बालिकामध्ये दुई बालिका दिदीबहिनी हुन् ।

आरोपित गुरुङलाई प्रहरीले बिहीबार राति पक्राउ गरी जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी जवरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक ओमकाप्रकाश पुनले जानकारी दिए ।

१९ भदौ २०७७, शुक्रवार २२:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु