बिमलेन्द्रको यु टर्न- सभापतिमा शेरबहादुरलाई नै सघाउने !

नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधि सभापतिमा उठ्ने आफेनो पूर्वा घोषणाबाट पछि हटेको संकेत गरेका छन् ।

जीपी कोइराला लोकतन्त्र संवर्द्धन केन्द्रद्वारा बिहीबार आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा उसभापति निधिले सभापतिलाई ‘मैले मात्रै हराउन सक्छु’ जस्ता अभिव्यक्ति नदिन महामन्त्री शशासंक् कोइरालालाई चेतावनी दिएका छन् ।

केही समय अघि कोइरालले देउवालाई आफुले मात्रै हराउन सक्ने बताएका थिए ।

‘मैले मात्र कसैलाई गराउन सक्छु भन्ने कुरा नगरौँ । हाम्रो लक्ष्य देउवालाई हराउने कि कम्युनिस्टलाई ?’ निधिले भने, हाम्रो लक्ष्य र उद्देश्य कम्युनिस्टलाई हराउन पर्ने हो । फेरि नेकपाले जित्यो भने नेपाल कम्बोडिया बन्छ ।’

यसरी निधिले सभापति देउवाको विरोध गर्नेलाई झटारो हानेका छन् ।

काँग्रेसले ल्याएको परिवर्तन, संघीय लोकतान्त्रि गणतन्त्रिक व्यवस्था राख्ने कि नराख्ने भन्ने प्रश्न उठेको निधिले बताए ।

यस्तै उनले महाधिवेशनको मोडालिटी परिर्वतन गर्नुपर्ने बताए ।

निधिले भने, ‘महाधिवेशनको मोडालिटी परिर्वतन गरौँ । बारको चुनावको प्रणालीलाई अवलम्बन गरौँ भन्ने कुुरामा म सहत छु वा १ सय ६५ क्षेत्रबाट पनि महाधिवेशन गर्न सकिन्छ ।’

नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय पदाधिकारीले महाधिवेशनका लागि माग नगरेका गुनासो गरेपछि निधिले भने, ‘हामी महाधिवेशन गर्न तयार छौँ । केही दिनअघि सभापतिजीले केन्द्रीय समिति बैठक बोलाउन भन्नुभएको थियो । त्यसबारेमा रामचन्द्र दाइसँग छलफल गरेको थिएँ । भ्रातृ संस्था, जनसम्पर्क समिति म्याद थप्ने कुरा गरौँ भन्ने कुरा छ । हामी संवेदनहीन बन्नु भएन । कोरोना महामारी सुरक्षित भए काम गर्नुपर्छ । महाधिवेशन गर्ने कुरामा हामी सचेत छौँ ।’

उपसभापति निधिले कोरोनाका कारण आगामी फागुन ७ गते महाधिवेशन गर्न नसकिने सम्भावना बढेको बताए ।

‘कोरोना हाम्रो हात छैन । महाधिवेशन बैशाखमा गर्ने कुरामा नेताहरुबीच छलफल भएको थियो । फागुनमा महाधिवेशन गर्न सकिछ भने ठीक छैन । पहिले पनि नभए बैशाखमा गरौँ भन्ने छलफल भएको थियो । महाधिवेशन गर्ने करा काबुभन्दा बाहिर छ’ निधिले भने ।

निधिले महाधिवेशनको निष्पक्षतमाथि आशंका गर्नु आवश्यक नभएको बताए ।

१८ भदौ २०७७, बिहीवार १८:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु