भारतमा एक नेपालीको गोली हानी हत्या

रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ ।

ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो ।

सीमावर्ती भारत बिहार घोडाशहन थाना क्षेत्रअन्तर्गत लैन बंसवरिया गाउँ नजीकै पोखरी छेउमा कञ्चटमा गोली हानी हत्या गरिएको अवस्थामा युवक साहको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए ।

शव परीक्षणको लागि भारत विहारको मोतीहारी अस्पतालमा भारतीय प्रहरीको सहयोगमा लगिएको बताइएको छ ।

हत्याको कारण भन्ने खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जनाएको छ । ईशनाथ नगरपालिका औरैया गाउँ निवासी सञ्चारकर्मी किशोरी यादवका अनुसार साहको पैसाको लेनदेनको कारण हत्या भएको हुन सक्छ ।

१६ भदौ २०७७, मंगलवार २०:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु