एकै दिन साढे ३ अर्बको सेयर कारोबार

 

दोस्रो बजारमा सोमबार ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८५ करोड रुपैयाँ बढी हो ।

आइतबार नेप्सेको कारोबार प्रणालीमा समस्या भएपछि निर्धारित समयपछि दुई घण्टा मात्र (३स:१५ देखि ५:१५ बजेसम्म) सेयर कारोबार भएको थियो ।

सो अवधिमा करिब १ अर्ब ६१ रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । गत फागुनमा सेयर बजारमा एकै दिन ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबारको कारोबार संख्या भने हालसम्मकै उच्च हो । सो दिन ४० हजार २ सय ६ वटा सेयर कारोबार भएको छ । यसअघि गत फागुनमा एकै दिन करिब ३९ हजार वटा सेयर कारोबार भएको थियो ।

सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक पनि २२।३१ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा यो १।५३ प्रतिशतको वृद्धि हो ।

यससँगै समग्र नेप्से १ हजार ४ सय ८५ अंकमा पुगेको छ । सो दिन सेयर बजारको आकार ९कुल बजार पुँजीकरण० पनि बढेर कुल १९ खर्ब ६४ अर्ब रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । सो दिन कारोबारमा आएकामध्ये होटलबाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले उकालो लागेको हो

। खासगरी कोभिडको जोखिमबाट बच्न गरिएको लकडाउनयता अनलाइन सेयर कारोबार बढेको छ । यही कारण सोमबार करिब साढे ३ अर्ब रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार हरेक दिन कुल कारोबारको करिब ८० देखि ८५ प्रतिशत अनलाइनमार्फत हुँदै आएको छ ।

लकडाउनयता सेयर बजार (दोस्रो बजार) मा अनलाइन कारोबारका लागि करिब ४० हजार लगानीकर्ता थपिनुले पनि सो पुष्टि हुन्छ ।

लकडाउनले सर्वसाधारणलाई हिँडडुलमा अवरोध भएको, लगानीका अन्य क्षेत्र सञ्चालन हुन नसकेको, धितोपत्र बोर्ड र नेपाल स्टक (एक्सचेन्ज ) नेप्से ले अनलाइन कारोबारका लागि प्रोत्साहन गरेको लगायत कारण अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिने संख्या बढेको हो ।

नेप्सेको तथ्यांक अनुसार गत बिहीबारसम्म ६४ हजार ६ सय १६ जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् ।

लकडाउन सुरु हुनुभन्दा अघि ९गत चैत ११ भन्दा अघि० यस्तो संख्या करिब २६ हजार ६ सय मात्र थियो ।

यो तथ्यांकले पछिल्लो ५ महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या करिब १ सय ५० प्रतिशतले बढेको छ ।

१६ भदौ २०७७, मंगलवार ०७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु