भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा नयाँ दिल्लीमा सोमवार निधन भएको छ।
उनको छोरा पूर्वसांसद अभिजीत मुखर्जीले सोमवार साँझ उनको निधन भएको ट्वीट गरेर पुष्टि गरेका छन्।
भारतको अर्थ, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मुखर्जीको हालै सेनाको आर एन्ड आर अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो।
अगस्ट १० मा उनले ट्वीट गर्दै आफू कोरोनाभाइरस सङ्क्रमित भएको बताएका थिए।
मुखर्जी केही समयदेखि कोमामा थिए।
भारतीय राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले ट्वीट गर्दै समवेदना प्रकट गरेका छन्।
पाँच दशक लामो राजनीतिक यात्रामा उनले लगभग सम्पूर्ण कुरा प्राप्त गरेका छन्।
उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका थिए।
नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुखर्जीको निधनमा दुःख प्रकट गर्दै भारतीय जनता र सरकार तथा शोकाकुलसँग समवेदना व्यक्त गरेका छन्।
राष्ट्रपति भण्डारीले मुखर्जीको निधनबाट ूनेपालले एक असल मित्र गुमाएकोू उल्लेख गरेकी छन्।
उनलाई कुनै विशेष समूहमा वर्गीकरण गर्न सहज छैन।
उनी नेतामात्रै होइनन्, एकजना अर्थविद् पनि थिए।
प्रणब मुखर्जी जसको अग्रसरतामा भारतले राजतन्त्रसहितको प्रजातन्त्र भनिने दुईखम्बे नेपाल नीति छाड्यो
कोरोनाभाइरस सङ्क्रमण भएपछि भारतका पूर्वराष्ट्रपति भेन्टिलेटरमा
त्यसको वर्षौँअघि उनले शिक्षक र पत्रकारका रूपमा काम गरेका थिए।
मुखर्जी भारतीय ब्याङ्कहरूका विभिन्न समितिहरूमा पनि रहेका थिए।
उनी विश्व ब्याङ्कको बोर्ड सदस्य पनि रहे।
उनले भारतको लोकसभाको सभामुख र कैयौँ सरकारी समितिहरूका अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
नपाएको पद
मुखर्जीले नपाएको जिम्मेवारीमा प्रधानमन्त्रीको पद मात्रै हो।
सन् १९८४ र सन् २००४ मा उनी उक्त पदका दाबेदार देखिएका थिए।
इन्दिरा गान्धीबाट प्रशिक्षित उनी सम्भवतस् आफूलाई उक्त पदको स्वाभाविक हकदार ठान्थे।
तर भारतीय जनता पार्टीका नेता लालकृष्ण आणवानी जस्तै उनी प्रधानमन्त्री बन्न सकेनन्।
कङ्ग्रेसकी नेतृ तथा उनकी छोरी शर्मिष्टा मुखर्जीसँगको एउटा कुराकानीमा उनका बुवा भारतको प्रधानमन्त्री नबनेकोमा दुस्खी भएको बुझिएको भए पनि उनले कहिल्यै त्यसलाई सार्वजनिक रूपमा व्यक्त गरेनन्, किनभने उनी पार्टीका वरिष्ठ नेता थिए।
जब सन् २०१२ मा उनी भारतको राष्ट्रपति चुनिए, उनले त्यसबारे कुरा गरिरहनु उपयुक्त पनि ठानेनन्।
उनी प्रधानमन्त्री बन्ने कुरामा कङ्ग्रेस पार्टी भित्रका कैयौँ समूहहरूको विरोध नरहेको देखिए पनि राजनीतिक विश्लेषकहरूले गान्धी परिवारप्रति बफादार रहेको नदेखिदाँ उनलाई पाखा लगाइएको ठान्छन्।
भारत रत्न
अघिल्लो वर्ष उनलाई ुभारत रत्नु सम्मान दिइएको थियो।
त्यसबाट भारतीय जनता पार्टीले मुखर्जीले स्वतस् पाउनुपर्ने कुराहरू गान्धी परिवारसँग नजिक नभएकाले नपाएको सङ्केत दिन खोजेको ठानिएको थियो।
मुखर्जीको जन्म सन् १९३५ को डिसेम्बरमा पश्चिम बङ्गालमा रहेको मिराटी गाउँको एउटा सामान्य परिवारमा भएको थियो।
उनका पिता कङ्ग्रेस पार्टीका नेता र स्वतन्त्रता सेनानी थिए।
मुखर्जीले इतिहास र राजनीतिशास्त्रमा स्नात्तकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका थिए।
सन् १९६९ मा ३४ वर्षको उमेरमा राज्यसभाको सदस्य बनेका उनको राजनीतिक यात्रा इन्दिरा गान्धीको मार्गनिर्देशनमा अघि बढेको थियो। त्यसपछि उनले कहिल्यै पछि फर्किएर हेर्नुपरेन।
तर सन् १९८४ मा इन्दिराको हत्या भएपछि प्रधानमन्त्री बनेका राजीव गान्धीले उनलाई आफ्नो मन्त्रिमण्डलमा सहभागी गराएनन्।
उनले खराब समयको समाना गर्नुपरेको थियो र पार्टीबाट ६ वर्ष निलम्बन भोग्नु परेको थियो।
भारतका राष्ट्रपति रामनाथ कोबिन्दले पनि सामाजिक सञ्जाल ट्वीटरमा प्रणव मुखर्जीको निधनको खबरले आफ्नो हृदयमा आघात पुगेको भन्दै ट्वीट गरेका छन्।
१६ भदौ २०७७, मंगलवार ०६:५२ बजे प्रकाशित





