यस बर्षको दशैंमा नयाँ नोट साट्न नपाइने

यस बर्षको दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोटहरु वितरण नगर्ने भएको छ ।

देशका विभिन्न स्थानमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएका कारण राष्ट्र बैंकले दशैंमा नयाँ नोटहरु वितरण नगर्ने भएको हो ।

नयाँ नोट वितरण गर्दा कोरोना संक्रमण फैलन सक्ने जोखिम हुने हुनाले वितरण नगर्ने भएको हो । दशैंमा नयाँ नोट वितरण नगर्ने बारेमा असोजको पहिलो साता आधिकारिक जानकारी दिइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले हरके बर्ष नेपालीहरुको महान चाड दशैंको अवसरमा ५, १०, २०, ५० र १०० रुपैया दरका नयाँ नोटहरु साट्दै आइरहेको थियो ।

नेपालमा कोरोनाभाइरसको जोखिम बढ्दै गइरहेकोले यस बर्षको दशैमा भीडभाड नगरी घरमै परिवारसँग मनाउनु राम्रो हुन्छ ।

१५ भदौ २०७७, सोमवार २२:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु