फेरि बढ्यो सुनको मूल्य
आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि बढेको छ ।
आज नेपाली बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो स्थिर रहेको चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
१५ भदौ २०७७, सोमवार ११:०४ बजे प्रकाशित





