स्कुलभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जना पक्राउ

चितवनको खैरहनीमा स्कुलभित्रै तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
खैरहनी नगरपालिका वडा नम्बर २ स्थित लिटल हेभन स्कुलमा तास खेलिरहेको अवस्थामा विद्यालयका हेडमास्टर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विहिबार दिउँसो १ बजेतिर विद्यालयका हेडमास्टर सहित ११ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।
उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनिहरू अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।
१२ भदौ २०७७, शुक्रवार ०९:४९ बजे प्रकाशित