निर्मलालाई न्याय माग्दै सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक

बलात्कारपछी हत्या भएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक भएको छ । ‘ह्यारी)१३३७’ द्वारा सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक गरिएको हो ।

भारतीय ह्याकरको समूह इन्डियन साइबर ट्रुप्सले निर्मला पन्तको लागि न्याय माग गर्दै सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक गरेको जनाएको छ ।

जस्टिस फर निर्मला भन्दै अहिले सो वेबसाइटमा लेखिएको छ, ‘७५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझै मौन छ, हामी निर्मला पन्तको न्याय चाहन्छौं ।

१२ भदौ २०७७, शुक्रवार ०९:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु