परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्रीबीच भर्चुअल कुराकानी

नेपाल–बेलायत सम्बन्ध, विकासमा साझेदारी,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बेलायतका दक्षिण एसिया, कमनवेल्थ र राष्ट्रसंघीय मामिला हेर्ने राज्यमन्त्री तारिक महमूद अहमदबीच बिहीबार भर्चुअल माध्यमबाट कुराकानी भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार सो कुराकानीका क्रममा दुई मन्त्रीले नेपाल–बेलायत सम्बन्ध, विकासमा साझेदारी, कोभिड–१९ र पर्यावरणसम्बन्धी विषयमा छलफल भएको जनाएको छ।

त्यसैगरी नेपालस्थित बेलायती दूतावासले पनि दुई मन्त्रीबीचको सो कुराकानीमा आर्थिक विकास, पर्यावरण र कोभिड–१९ लगायत विषय तथा नेपाल र बेलायतका साझा आकांक्षाका समग्र विषय समेटिएको जनाएको छ।

११ भदौ २०७७, बिहीवार १८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु