प्रचण्डको घर नजिकै एक व्यक्तिको कोरोनाबाट मृत्यु

चितवनमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

चितवन स्थित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर नजिकै रहेको पुरानो मेडिकल कलेजमा उपचाररत ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

ती महिलाको मृत्यु भएसँगै कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो ।

कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।

सोही अस्पतालमा बिहीबार राति निधन भएका हेटौँडाका ७५ वर्षीय पुरुषको पनि शनिबार बिहान कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

७ भदौ २०७७, आइतवार ०८:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु