मध्यरातमा प्रेमिका भेट्न जाँदा गाँउलेले कुटेर मारीदिए

मानिसहरु प्रेममा सबै चीज त्याग गर्न तयार हुन्छन् तर प्रेमका नाममा कतिपय मानिसको ज्यानै जाने गरेको छ ।
नेपालको छिमेकी मुलुक भारतको बिहार राज्यमा यस्तै घटना भएको छ । मध्यरातमा प्रेमीका भेट्न गएका एक युवालाई परिवार र गाँउलेले घेरा हालेर कुटेरै मारिदिएका छन् ।
आजतकमा प्रकाशित समाचारका अनुसार बिहारको शेखपुरा जिल्लाको मेहुस थाना ईलाकाको यो घटना हो । ती युवासगैँ गएका अर्का साथीलाई पनि मरणासन्न हुने गरी कुटपिट गरिएको छ र उनलाई अस्पतालमा भर्ना गरिएको छ ।
मृतक युवा नवादा जिल्लाको कोचगाँउका हीरा कुमार रहेको जनाईएको छ ।
हीरा कुमार जब प्रेमिकाको घरमा पुगे , त्यस लगत्तै उनका घरवालाले थाहा पाए पछि उनलाई समातेर होहल्ला गरे पछि गाँउले जम्मा भएर उनलाई कुटपिट गर्न थालेका थिए ।
गाँउलेले पालै पालो कुट्दा कुट्दै उनको मृत्यु भए पछि अहिले त्यस परिवार र कुटपिट हत्या मुद्धामा एफआईआर दर्ता भएको पनि उक्त समाचारमा जनाईएको छ ।
७ भदौ २०७७, आइतवार ०८:२९ बजे प्रकाशित