माधव नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण
 
			नेपाल कम्युनस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालको सुरुक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोभिड १९ को संक्रमण देखिएको छ।
सुरक्षामा खटिएका ७ जना सशस्त्र २ जना नेपाल प्रहरीलाई संक्रमण देखिएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।
सुरक्षाकर्मीमा संक्रमण देखिएपछि नेता नेपालसहित उनको सचिवालय र परिवारका सबैको पीसीआर गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
बिहीवार स्वाब संकलन गरीएकोमा शुक्रबार रिपोर्ट आएको थियो। परिवार र सचिवालय गरी ३३ जनाको स्वाब संकलन गरिएको थियो।
सशस्त्र प्रहरीले बाहिरी घेरमा रहेर सुरक्षा घेरामा रहेर काम गर्ने भएकोले नेता नेपाललाई संक्रमणको जोखिम कम भएको उनको सचिवालयले जनाएको छ।
२ जना नेपाल प्रहरीलाई पनि संक्रमण देखिएकोमा उनीहरु पनि आलोपालो काम गर्ने भएकाले संक्रमणको जोखिम कम भएको सचिवालयको दाबी छ।
एकै घरमा बस्ने भएपछि अलिकत सतर्क त हुनै पर्यो। तर प्रहरीहरु पनि आलोपालो गरेर काम गर्नुहुन्थ्यो नी त, उनले भने।
सुरक्षाकर्मीमा संक्रमण देखिएपछि नेपालले सात दिनका लागि भेटघाट बन्द गरेका छन्।
६ भदौ २०७७, शनिवार १३:२९ बजे प्रकाशित
 
						 



