हिरा जडित सुनको मास्क तयार, मूल्य रु. १.५ मिलियन डलर
विश्वमा सुनको सबैभन्दा महँगो मास्क बनेको छ। हिरा जडित यो मास्कको मूल्य १.५ मिलियन अमेरिकी डलर रहेको छ।
इजरायलको एक ज्वलरले आफ्ना अमेरिकी ग्राहकका निम्ति १८ क्यारेट सुन प्रयोग गरेर मास्क बनाएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। यो मास्कमा ३ हजार ६ सय कालो र सेतो हिरा पनि जडान गरिएको छ। यो मास्क आगामी अक्टुबरमा ग्राहकलाई दिइने बताइएको छ।
मास्क तयार गरिरहेको इजरायली फर्म युवेलका मालिक इसाक लेवीका अनुसार यो मास्कमा एन(९९ फिल्टर पनि जडान गरिएको छ।
यो मास्क तयार गर्न २५ जनाको टीम खटिएको थियो। सुरुमा सुनको एक ढाँचा तयार गरिएको छ भने त्यसपछि हिरा जडान गरिएको हो।
४ भदौ २०७७, बिहीवार २२:४९ बजे प्रकाशित





