एकाबिहानै अर्का एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११५ पुग्यो

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरङ बुडीगंगा २ की ६७ वर्षीय महिलाको मृत्यु भएको हो।

उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

विराट मेडिकल कलेजबाट मंगलबार प्रतिष्ठानमा रेफर भएकी ती संक्रमित महिलामा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो।

उनमा मुटुको दीर्घ समस्या पनि थियो।

यो सहित नेपालमा कोरोना संक्रमितको मृत्युको संख्या ११५ पुगेको छ।

३ भदौ २०७७, बुधवार ०७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु