भारतमा २४ घण्टामा कोरोनाले ८७६ को मृत्यु

भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५१ हजार ७९७ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ८७६ संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या २७ लाख २ हजार ७४२ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५५ हजार ७९ संक्रमित थपिएका छन् ।

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

३ भदौ २०७७, बुधवार ०७:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु