जामाखोला जलविद्युत् आयोजना २ वर्षपछि पुनः सञ्चालनमा

सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला  लघु जलविद्युत् आयोजना पुनर्निर्माण गरी सञ्चालन गरिएको छ ।

पहिरोले विद्युत् गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत् पुनर्निर्माण गरी सञ्चालन गरिएको हो ।

शुरुमा २०७२ माघ २६ गते उद्घाटन गरी सञ्चालन भएको ९० किलावाटको विद्युत् आयोजना करीब चार वर्षसम्म चलेर बन्द भएको थियो ।

पहिले वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको रू। दुई करोड १३ लाख र जनश्रमदान गरी करीब रू. चार लाखमा निर्माण गरिएको विद्युत् २०७५ असोज ५ गते राति आएको पहिराले क्षति गरेपछि अवरुद्ध भएको थियो ।

विद्युत् गृहको माथिबाट आएको पहिराले विद्युत् गृह पूर्णरुपमा क्षति भएपछि त्यसपछिका दुई वर्षको अवधिमा वडा नं ८ का सबै र ७ नं वडाका केही ठाउँका स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरणको विद्युत् उपभोग गरेका थिए ।

अहिले करीब रू. ४० लाखको बजेटमा विद्युत् पुनःनिर्माण गरी सञ्चालन गरिएको रुकुमपूर्व, जामाखोला लघुजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार विद्युत् सेवा सञ्चालन भएपछि केही समय अँध्यारोमा बस्न बाध्य भएका स्थानीयवासीले फेरि बिजुली बाल्न पाएका छन् ।

आयोजनाबाट वडा नं ८ का सबै टोल र साबिकको ७ नम्बर वडाका जनता लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष बुढाले बताए ।

अवरुद्ध विद्युत् सेवा पुनर्निर्माण भई सञ्चालनपछि स्थानीयवासी हर्षित भएका छन् ।

१७ फागुन २०७७, सोमवार १४:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु