निर्वाचन आयोगले तयारी तीब्र पार्ने
काठमाडौँ, १० फागुन । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आफ्नो तयारीलाई तीब्र पार्ने भएको छ । तोकिएकै मितिमा स्वतन्त्र र निस्पक्ष चुनाव गराउने बारेमा थप छलफलका लागि बैठक बोलाइएको आयोगले जनायो । निर्वाचन आचारसंहिता, निर्वाचन कार्यक्रम र अत्यावश्यक नीति, निर्देशिका र निर्णयका लागि उपसमितिहरु बनाएर अघि बढ्ने बारेमा निर्णय गर्न आयोगको बैठक मंगलबार दिउँसो बस्ने आयोगका सविच बस्ने गोपिनाथ मैनालीले जानकारी दिए । निर्वाचन आयुक्त नरेन्द्र दाहालले सरकारले स्थानीय तहको पुर्नसंरचना सम्बन्धी प्रतिवेदन पनि छिट्टै उपलब्ध गराउने आश्वासन दिएको बताए । १९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा देशभरीबाट ३४ हजारभन्दा बढी प्रतिनिधि निर्वाचित हुने भएका छन् । निर्वाचन आयोगले बैशाखको स्थानीय निर्वाचनका लागि १ करोड ३८ लाखको हाराहारीमा मतदाता हुने प्रारम्भिक अनुमान गरेको छ ।
१० फागुन २०७३, मंगलवार ०४:०८ बजे प्रकाशित