नेपालको राजनीतिक घट्नाक्रमलाई नोट गरेको भारतको जानकारी

नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमलाई आफूले नोट गरेको भारतको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले अहिलेको घटना नेपालको आन्तरिक मामिला भएको बताए ।

उनले भने, ‘नेपालको राजनीतिक विकासक्रमलाई हामीले नोट गरेका छौं, यो नेपालले प्रजातान्त्रिक प्रक्रियाद्वारा निर्णय लिने आन्तरिक मामिला हो ।

एक छिमेकी र शुभचिन्तकको हिसाबले नेपाल र त्यहाँका जनतालाई शान्ति, समृद्धि र विकासको बाटोमा अग्रसर हुन भारतले निरन्तर सहयोग गरिरहने छ ।’

९ पुस २०७७, बिहीवार १९:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु