भारतमा ‘पब्जी’ बन्द, ‘फौजी’ आउँदै
केही दिनअघि पब्जी लगायतका ११८ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको भारतले अब फौजी नामको मल्टीप्लेयर एक्सन गेम लन्च गर्ने भएको छ ।
मल्टिप्लेयर एक्सन गेम फौजीलाई अभिनेता अक्षय कुमारले प्रवद्र्धन गर्ने बताइएको छ ।
अक्षयले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर अभियानलाई सहयोग गर्न मल्टिप्लेयर एक्सन गेम ल्याउन लागिएको बताएका छन् ।
फौजीलाई फियरलेस एन्ड युनाइटेड–गार्डस् नाम दिइएको छ ।
यो खेलबाट प्रयोगकर्ताले भारतीय सैनिकहरुको बलिदानीबारे थाहा पाउने पनि अक्षयले बताएका छन् ।
गेमको कुल नाफाको २० प्रतिशत रकम मृतक सैनिकका परिवारलाई सहयोग गर्न गृह मन्त्रालयद्वारा गठन गरिएको भारत के वीर ट्रष्टुमा खर्चिइने बताइएको छ
। यो खेललाई बैंग्लोरस्थित एनकोर गेम्सले डेभलप गर्दै छ ।
१९ भदौ २०७७, शुक्रवार १९:०२ बजे प्रकाशित




