नारायणकाजीले ल्याए गीत- कोरोनाको डर छ (भिडियो)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने उपायहरुलाई समेटेर जनचेतनामुलक गीत ल्याएका छन् ।

गोरखा काठमाडौं जनसांकृतिक मञ्ज र कोभिड–१९ भोलिन्टियर सर्भिस (सिभियस) को संयुक्त प्रस्तुती जनचेतनामुलक गीत ‘कोरोनाको डर छ’ बजारमा आएको छ ।

नेकपा प्रवक्ता श्रेष्ठ कोभिड–१९ भोलिन्टियर सर्भिस सिभियसका संयोजक हुन् ।  ‘कोरोनाको डर छ’ बोलको गीतमा संयोजक श्रेष्ठको स्वरमा ‘कोभिड–१८ बाट रक्षा, आजको आवश्यकता, सबैको सेवा सबैलाई सेवा हाम्रो प्रतिवद्धता’ भन्ने नारा समेत समावेश गरिएको छ ।

गीतको परिकल्पना किरण पन्तले गरेका हुन् । शब्द सुमन पण्डितको छ । गीतमा संगीत दिप सागर थापाले भरेका छन् ।

गीतमा स्वर दिनेमा दिपसागर थापा, सागर गुरुङ,  सरु थापा, रेजिना परियार, सुमन परियार, शिशिर गुरुङ, सुजन परियार, मोहन गोर्खाली, यीबी गुरुङ, सुनिला गुरुङ, कमल थापा, खेमराज तिवारी, कविराज ढकाल, मिमा गुरुङ, सरिता कुमाल, निशा गुरुङ र रञ्जित परियार छन् ।
संगीत संयोजन विपिन आचार्यले गरेका हुन् ।

गीतमा धेरै कलाकारहरुले साथ दिएका छन् । मरिचमान श्रेष्ठ (बल्छी धु्रवे), राजु मास्टर, अनिता बस्नेत लगायत सिभियसका सम्पूर्ण समुहले कलाकारको रोलमा भूमिका निभाएका छन् ।
गीतका निर्देशक प्रकाश भट्ट हुन् ।

सर्भिस सिभियसका संयोजक नेकपा प्रवक्ता श्रेष्ठ हुन् ।

उनले कोरोना नियन्त्रणमा सहयोग गर्न सकियोस भन्न ध्ययले जनचेतनामुलक गीत ल्याइएको बताएका छन् ।

राष्ट्रियसभा सदस्य श्रेष्ठले राष्ट्रियसभाबाट पाउने पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

श्रेष्ठले एक वर्षमध्ये दुई महिनाको पारिश्रमिक कोभिड–१९ कोषमा र बाँकी महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजमा दिने उल्लेख गरेका छन् ।

१५ कात्तिक २०७७, शनिवार २०:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु