सिर्जन बरालको म्युजिक भिडियोमा मोडल निरुताको “आइटम डान्स” (भिडियोसहित)

uttam& nirutaम्युजिक भिडियो निर्देशक सिर्जन बरालले निर्देशन गरेको लोक आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यादव योगीका शब्दमा यादव र रिता केसीको स्वर रहेको गीतमा मोडल निरुताले आफुलाई फुल एक्सपोज गरेकी छन् । अर्की मोडल एलिसासंग देखिएकी उनलाई साथ दिनेमा शंकर, निकोज र उत्तम रहेका छन् ।

लगातार मोडल निरुतालाई शाहीलाई मूख्य भूमिकामा राखेर भिडियो बनाउँदै आएका उनले लोक आधुनिक टाइपको आइटम गीतमा निरुतालाई भरपुर डान्स गराएका छन् ।
पछिल्ला केही म्युजिक भिडियोमा हट रुपमा देखिएकी उनलाई यस भिडियोमा पनि गल्यामर्सकै डिभाइडरका रुपमा देख्न सकिन्छ । केही युवाहरुमाझमा झुमेर नाचेकी निरुतालाई भिडियोमा अभ्यस्त गराउने काम पनि निर्देशक बरालले नै गरेका हुन् ।

मोडलिङकै लागी तीन बर्षअघि सुर्खेतबाट राजधानी छिरेकी निरुता पछिल्लो म्युजिक भिडियोबाट सफलता समेत हात पार्दै गएकी छन् ।

७ माघ २०७२, बिहीवार ०१:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु