चर्चा पाउँदै ‘अमर’का म्युजिक भिडियोले

EF

विभिन्न क्षेत्रमा क्रियाशिल तथा दर्जन कृतिहरूका सिर्जनाकार, कवि, गीतकार एवम गायक सुरेन्द्र महर्जन ‘अमर’का सार्वजनिक भएका चार वटा म्युजिक भिडियोले यतिबेला निकै चर्चा पाइरहेका छन् ।

भारतीय गायिका भएर पनि नेपाली गीत गाउने गायिका शिखा भारती र सुरेन्द्र महर्जनको युगल स्वरको अमर एल्बमको ूचाहनाको फूलबारीमाू गीतको म्युजिक भिडियोले विशेष चर्चा पाएको हो ।

निर्देशक रोशन कुमारले निर्देशन गरेको यो भिडियोमा सनम कठायत र रितिका जिरेलको विशेष अभिनय छ ।  संगीतकार राम कार्कीको उत्कृष्ट संगीत भिडियोमा छ ।

गायक महर्जनको आफ्नै स्वर र रचनामा तयार भएको दोस्रो म्युजिक भिडियो ूआँखाभरी तिमीलाईू बोलको गीतमा मायाको विभिन्न आयाम र गहिराई देखाइएको छ।
यस्तै अर्को गीतमा जीन्दगीमा आएका दुस्ख, सुख, हाँसो र खुशी मनभित्र साँचेर राख्नु पर्ने दुखदायी अवस्था बताउँछ।

गायक कर्म ग्याल्छेन बम्जनको स्वर रहेको गीतको संगीतकार अविद छन् । भिडियोको निर्देशन रोशन कुमारले नै गरेका छ्न । ु

भिडियोमा अभिनय दिनेश जंग, पुनम र राजले शीर्षक सुहाउँदो अभिनय गरिएको छ ।

सुरेन्द्र महर्जनको रचनामा तयार भएको भाग्य एल्बममा रहेको यो गीतको म्युजिक सुरप्रभा गीत संगीत प्रा. लि. को प्रस्तुतिमा भिडियो सहयात्रा डिजिटल प्रा. लि. को रहेको छ ।

यस्तै अर्को भिडियो ‘भूल्न खोज्छ’ गीत वियोगान्त भाबको भावनामा रहेको गीतले थप चर्चा समेत पाइरहेको छ।

१६ पुस २०७२, बिहीवार ०१:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु