म्यानचेस्टर सिटीमाथि लाग्यो प्रतिबन्धित
युरोपेली फुटबल महासंघ यूईएफए ले म्यानचेस्टर सिटीलाई आर्थिक आचार संहिता उल्लंघन गरेको आरोपमा दुई सिजनका लागि युरोपेली च्याम्पियन्स लिगबाट प्रतिबन्ध लगाएको छ ।
अब सिटीले सन् २०२०–२१ र २०२१–२२ को सिजनमा च्याम्पियन्स लिग खेल्न पाउने छैन्। यूईएफएले इंग्लिस प्रिमियर लिग क्लब सिटीमाथि तीन करोड डलर जरिवाना पनि लगाएको छ।
सिटीले यूईएफएको यो निर्णयविरुद्ध ‘कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस’ मा अपिल भने गर्न पाउने छ। सिटीले यो निर्णयबाट आफूहरू अचम्ममा नपरेको र अपिल गर्ने बताइसकेको छ।
सिटीले सन् २०१२ देखि २०१६ बीच क्लबको प्रायोजन र लेखा परीक्षणबारे अनुसन्धान गर्न खोज्दा सहयोग गरेको थिएन्। यूईएफएको यो निर्णयपछि सिटीले घरेलु प्रिमियर लिगमा पनि कारबाहीस्वरूप अंक गुमाउन सक्नेछ।
३ फागुन २०७६, शनिवार १५:५८ बजे प्रकाशित





