सरकार र आन्दोलनरत मधेसी मोर्चाको वार्ता निष्कर्श बिहिन

काठमाडौँ, कात्तिक १२ ।सरकार र आन्दोलनरत संयुक्त मधेसी मोर्चाको वार्ता निष्कर्श बिहिन भएको छ । आज बसेको वार्ताको सुरुमै मोर्चाले तराईमा दुई प्रदेश हुनुपर्ने माग राखेको थियो । परराष्ट्र मन्त्रालयमा भएको वार्ताले थप तयारी गरि १५ गते अर्को वार्ता गर्ने भने सहमति भने गरेको छ । सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापाले सरकारले मोर्चाका मागहरु पूरा गर्न तयारी गरेको भए पनि सीमांकनको कुरा आएकाले थप छलफलका लागि १५ गते वार्ता सहमति भएको बताए ।  वार्तामा सरकारी टोलीले सीमांकन बारे राजनीतिक सहमति गरि संघीय आयोग मार्फत् सीमांकन टुंग्याउने पुरानै प्रस्ताव वार्तामा गरेको थियो । यो प्रस्तावलाई मोर्चाको टोलीले अस्विकार गरेको थियो ।

१२ कात्तिक २०७२, बिहीवार ११:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु