भान्छेमा कोरोना देखिएपछि प्रधानसेनापति थापा होम क्वारेन्टिनमा

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि होम क्वारेन्टिनमा बसेका छन् ।

प्रधानसेनापति थापा निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना पोजेटिभ देखिएपछि उनी होम क्वारेन्टिनमा बसेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

११ असोज २०७७, आइतवार १५:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु