शसस्त्र प्रहरी बल, सुरुङगा गोल्डकप फुटबलको फाइनलमा
काठमाण्डौ । शसस्त्र प्रहरी बल, एपिएफ अर्को बिभागीय क्लब नेपाल पुलिसलाई पराजित गरी साहारा सुरुङगा गोल्डकप फुटबलको फाइनलमा प्रबेश गरेको छ । झापाको सुरुङ्गामा रहेको कन्काई उच्च माध्यमीक बिद्यालयको खेल मैदानमा एफिएफले प्रहरीलाई ट्राईबेकरमा ५–४ गोलले पराजित गरी फाईनलमा स्थान बनाएको हो ।
एपिएफका नबिल लामा, आदित्य चौधरी, मिलन राई, पाल्साङ लामा र रञ्जन बिष्टले गोल गरे ।
पुसिलका बुद्ध लामाको प्रहारले पोष्टको दिशा नलिँदा हार बेहोर्नु पर्यो । निर्धारित समयसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेपछि ट्राईबेकरबाट निर्णय गरिएको हो । एपिएफले आउँदो शनिबार रुपन्देही ११ र मनाङ मस्र्याङदीबीचको खेलको बिजेतासंग प्रतिस्पर्धा गर्ने छ ।
मनाङ र रुपन्देही भोलि दोस्रो सेमीफाईनलमा प्रतिस्पर्धा गर्दैछन ।प्रतियोगिताको बिजेताले ३ लाख ५१ हजार र उपबिजेताले २ लाख ५१ हजार प्राप्त गर्नेछन् ।
८ मंसिर २०७३, बुधवार १५:३० बजे प्रकाशित