आधारभुत स्वास्थ्य सेवा नागरिकको पहुँच बाहिर
ओम प्रकाश यादव, मंसिर २०७३ । सरकारले आधारभुत स्वास्थ्य सेवा निशुल्क गरेको भएपनि बाराका अधिकाशं गाउँका सर्वधारणले अझैपनि यसको अनुभुति गर्न सकेका छैनन् । जिल्लाका सवै स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने निशुल्क सेवा सुविधाहरु पुर्णरुपले सेव प्रवाह गर्न नसक्दा राज्यले प्रदान गरेका सेवामा जनताको न्युन सहभागिता रहेको छ ।
बाराका जिल्ला अस्पतालदेखी उपस्थास्थ्य चौकीहरुबाट निशुल्क वितरण गरिने भनिएका औधषीहरु सर्वसाधारणहरुले धेरैजसो निजी स्वस्थ्य संस्थाहरुबाट खरिद गर्नुपर्ने समस्या रहेको छ । जिल्लाका अधिकाशं स्थास्थ्य संस्थाहरुमा औषधीको अभाव देखिएको छ । जिल्ला भरीका स्वास्थ्य संस्थाहरुमा औषधी वितरण तथा व्यवस्थापन गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय कलैयाले समयमै औषधीहरु नपठाउदा औषधीको अभाव भएको हो । विगत चार महिनादेखी तेतरिया गाविसमा रहेको उप–स्वास्थ्य चौकीमा औषधी अभाव भएको कार्यालयका ईन्चार्ज रामनाथ चौधरीले बताएका छन । करिब चार महिना अघि नै माग फारम भरी जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाएपनि हालसम्म उपलब्ध नगराएको चौधरीले बताए । उप–स्थास्थ्य कार्यालयमा निशुल्क पाउने औषधीहरु नपाएपछि विरामीहरुले बाहिरबाट औधषी किन्नुपर्ने बाध्यता रहेको तेतरिय–४ का महेन्द्र सहनीले बताए । त्यस्तै जिल्लाकै मनहर्वा स्थास्थ्य चौकीमा पनि मुस्कीले ७÷८ थरिका मात्र औषधी माईने स्थानीय संचारकर्मी पुष्पराज खतिवडाले बताए । सरकारले स्थास्थ्य चौकबाट ३५ प्रकारको औषधी निशुल्क पाउने भनिएपनि नपाउदा सर्वसाधरणहरु मर्कामा गरेका छन । यसले सरकारको नीति एकातिर कामकारवाही अर्को तिर भएको छ, संचारकर्मी खतिवडाले बताए । जिल्लाबाटै भनेजति औषधीहरु स्वास्थ्य चौकीमा नआउने भएकाले व्यवस्था भएअनुसारको वितरण गर्न नसकिएको मनहर्वा स्वास्थ्य चौकीका सिनियर अहेव रामनरेश साहले बताए । यसगरि हरैया स्थास्थ्य चौकीमा पनि औषधीको अवाभ देखिएको छ । चौकीका ईन्चार्ज योगेन्द्र साहको अनुसार जनस्वास्थ्य कार्यालयले २०÷२५ प्रकारका औषधी मात्र पठाउने गरेको बताए । कार्यालयले नियमित रुपमा र मागेअनुसारको औषधी नपठाएकै कारणले निशुल्क वितरणमा समस्या देखिएको साहले जनाए । स्वास्थ्य चौकीमा निशुल्क औषधी नपाएकै कारण ज्वरो, रुघाखोकी, झाडापखला, चोटपटक लगायत सामान्य उपचारका विरामीहरुले निजी क्लिनीकबाट औषधी किनेर खानेगरेको हरैया–४ का दिपक प्रसाद पासवानने बताए । यता यसैसन्दर्भमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हरिषचन्द्र झाले जिल्लाका सवै स्थास्थ्य संस्थाहरुमा सवै किसिमका औषीहरु पठाईने गरेका बताएका छन । विभागबाटै आउन ढिला हुनेभएकाले गाउसम्म पठाउन कहिलेकाही ढिलो हुनेगरेको प्रमुख झाले स्वीकार गरे । सरकारले २०६४ माघ १ गतेबाट देशैभरि प्राथमिक स्वास्थ्य सेवा निशुल्क गरेको हो । जिल्ला अस्पतालबाट ७० प्रकार, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकार र स्वास्थ्य, उपस्थास्थ्य चौकीबाट ३५ प्रकारका औषधिहरु निशुल्क पाउने व्यवस्था सरकारले गरेको छ ।
८ मंसिर २०७३, बुधवार १६:०३ बजे प्रकाशित