अर्जेन्टिना फुटबलमा संकट : अग्वेरोपछि मेस्सी पनि घाइते !

messi-and-aguero-are-friends-1417028900842काठमाडौँ, १४ भदौँ । अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका मुख्य स्ट्राइकर लियोनल मेस्सी घाइते भएपछि विश्वकप छनौट खेलिरहेको अर्जेन्टिनाको राष्ट्रिय टोली समस्यामा परेको छ । हिजोमात्रै उसका अर्का मुख्य स्ट्राइकर सिटीका सर्जियो अग्वेरो घाइते भएकै कारण टोलीबाट बाहिरिएको २४ घण्टा पनि नवित्दै मेस्सी पनि घाइते भएपछि अर्जेन्टिनाको राष्ट्रिय टोली समस्यामा परेको हो । आइतबार राती एथ्लेटिको विल्वाओविरुद्धको खेलमा मेस्सी घाइते भएका हुन । उनको बायाँ खुट्टामा चोट लागेको स्पेनिस क्लब बार्सिलोनाले जनाएको छ । सन् २०१८ को विश्वकप छनौट खेलिरहेको अर्जेन्टिनाले पर्सी विहीबार उरुग्वेको घरेलु मैदानमा खेल्दैछ भने आउँदो मंगलबार भेनेजुएलासँग उसकै मैदानमा प्रतिष्पर्धा गर्दैछ । गत सिजनको कोपा अमेरिका उपाधि जित्न नसकेपछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका मेस्सीले केही दिन अघि मात्रै सन्यास फिर्ता लिएका थिए । मेस्सी र अग्वेरो घाइते भएपछि अर्जेन्टिनालाई विश्वकप छनौटमा चुनौति समेत थपिएको छ । यसअघि सन् २०१४ को विश्वकपमा मेस्सीले नै अर्जेन्टिनालाई फाइनलसम्म पुर्याएका थिए ।

१४ भदौ २०७३, मंगलवार १५:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु