१७ अक्टोबरदेखि टी–२० विश्वकप युएईमा गर्ने तयारी

२० –२० विश्वकप २०२१ युएईमा अक्टोबर १७ बाट गर्ने तयारी भएको छ।

१६ टिम सहभागी प्रतियोगिता नोभेम्बर १४ बाट गर्ने भनिएको थियो।

क्रिकइन्फोका अनुसार आईपीएलको फाइनल सकिएको एक दिनपछि विश्वकप गर्ने तयारी भएको छ।

विश्वकप युएईमा गर्ने सम्पूर्ण तयारी भए पनि भारतीय क्रिकेट बोर्डले आईसीसीलाई औपचारिक पत्र भने अझै पठाएको छैन।

अहिलेको योजनाअनुसार पहिलो चरणका खेल युएई र ओमानमा हुनेछन्।

१२ असार २०७८, शनिवार १३:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु