नेपाल राष्ट्रिय फुटबल टोली आज जोर्डनविरुद्ध खेल्दै

एसिया कप हाम्रो लक्ष्य हो, त्यसका लागि जोर्डनलाई हराउनु जरूरी छ : प्रशिक्षक अब्दुल्लाह

नेपाल राष्ट्रिय फुटबल टोलीले आज (सोमबार) राति ९:४५ बजे कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा खेल्दै छ ।

अल्मुताइरीको नेतृत्वमा पहिलो पटक विदेश भ्रमणमा निस्किएको नेपाली टोलीले गत साता इराकसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

आफूभन्दा १०३ स्थानमा माथिको टोलीविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रिएको नेपाली टोलीले सुरुआतमा १-२ को अग्रता लिए पनि अन्तत: ६-२ को पराजय बेहोरेको थियो ।

बिहीबार भएको खेलमा चाइनिज ताइपेइलाई २-० ले पराजित गर्दा अञ्जन विष्ट र नवयुग श्रेष्ठले १-१ गोल गरेका थिए ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एएफसी एसिया कप छनोटमा आज (सोमबार) हुने जोर्डनविरुद्धको खेलका लागि तयार रहेको बताएका छन् ।

जोर्डन नेपालभन्दा माथिल्लो स्तरको टोली भए पनि नेपाल आजको खेलमा जितको अपेक्षासहित मैदानमा उत्रिने अल्मुताइरीले बताए । ‘धेरैले हामीलाई अन्डरडग्स सोचेर जोर्डनविरुद्ध सम्भावना नभएको बताइरहेका छन्,’ उनले भने ‘तर, प्रत्येक खेल ०-० मा सुरु हुन्छ र नतिजा फिल्डमा भएको प्रदर्शनमा निहीत हुन्छ । भोलिको खेलमा सुरुआतदेखि नै हाम्रो लक्ष्य जित हुनेछ ।’

नेपाली टोलीको लक्ष्य एसिया कपमा छनोट हुनु भएको बताउँदै अल्मुताइरीले त्यसका लागि नेपाललाई जोर्डनविरुद्ध जित आवश्यक रहेको बताए ।

अब्दुल्लाहले भने- जोर्डनविरुद्धको खेलका लागि हामीले चाइनिज ताइपेइविरुद्धको खेल जस्तै तयारी गरेका छौं । ।

यसअघि अब्दुल्लाहले नर्थ मेसिडोनियाले जर्मनीलाई हराउन सक्छ भने नेपालले अस्ट्रेलियालाई आक्रामण गर्न सक्ने बताएका थिए । यसबाट पनि नेपालले जोर्डनविरुद्धको खेलमा आक्रामक शैली अपनाउने अनुमान लगाउन सकिन्छ ।

 

 

२४ जेठ २०७८, सोमवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु