अनलाइन जोक्स प्रतिस्पर्धा तयारी अन्तिम चरणमा

‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
जनवरी ८ देखि आवेदन दिन सुरु भएको प्रतिस्पर्धामा फेब्रुअरी २८ सम्म आवेदन दिन सकिनेछ ।
प्रतिस्पर्धामा आवेदन दिने समय सकिन लागेसँगै आवेदकको संख्या बढिरहेको आयोजक रिदम स्क्रिनका निर्देशक कमल राईले जानकारी दिए ।
निर्देशक राईका अनुसार विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् भनेर ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ सिजन १ को सुरुवात गरिएको हो ।
जसलाई अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीले गरेका हुन् ।
प्रतिस्पर्धामा रमाइलो जोक्स कम्पिटिशन https://ramailojokescompetition.com नामक वेवसाइटमा गएर निशुल्क फारम भर्न सकिनेछ ।
यस कार्यक्रमको निर्णायकमा कलाकार बुद्दि तामाङ , हाँस्यकलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी छन् ।
यस कार्यक्रममा पहिलो हुने विजेताले तीन हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी र प्रमाणपत्र पुरुस्कार स्वरूप पाउने छन् ।
६ फागुन २०७७, बिहीवार १२:०२ बजे प्रकाशित