क्यानको विवाद तत्काल अन्त्य गर, नभए निलम्बन हुनसक्छ : आइसिसी
काठमाडौँ, ९ फागुन ।अन्तराष्ट्रिय त्रिकेट परिषद आइसिसीले नेपाललाई आइसिसीबाट निलम्बन गर्ने चेतावनी दिएको छ । आइसिसीले शुक्रबार पठाएको पत्र नै पठाएर नेपाल क्रिकेट संघ क्यानमा रहेको विवाद अन्त्य नगरे निलम्बन गर्ने चेतावन दिएको हो ।
आइसिसीका ग्लोबल डेभलोपमेन्ट प्रमुख टीम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघको तदर्थ समितिका अध्यक्ष रमेश शिलवाल र निर्वाचनबाट चुनिएको क्यानका महासचिव अशोकनाथ प्याकुरेललाई सम्बोधन गरेर पत्र पठाएका छन् ।
आउँदो अप्रिलमा आइसिसीको बोर्ड बैठक बस्नु अघिसम्म क्यानको विवाद समाधान नभए निलम्बनसम्मको कारवाही गर्न सकिने एन्डरसनको पत्रमा उल्लेख छ ।
पत्रमा एन्डरसनले नेपाली क्रिकेटको विवादप्रति आइसिसीको गम्भीर चासो रहेको जनाएक छन । उनले जारी विवाद चाँडै नै अन्त्य नगरे नेपालललाई निलम्बन गर्न सकिने चेतावनी दिएका हुन ।
९ फागुन २०७२, आइतवार ०४:२३ बजे प्रकाशित