सीपीएल : निर्णायक खेलमा जमेनन् सन्दीप, जमैका बाहिरियो

ट्रिनीडाड स् क्याराबिन प्रिमियर लिग ९सीपीएल०मा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टोली जमैका तालवाज प्रतियोगिताबाट बाहिरिएको छ ।

मंगलबार राति भएको सेमिफाइनल खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै जमैका प्रतियोगिताबाट बाहिरिएको हो।

ब्रायन लारा मैदानमा भएको खेलमा ट्रिनबागोले टस जितेर पहिले जमैकालाई ब्याटिङको निम्ता दिएको थियो । पहिलो ओभरमा शून्य रन हुँदै विकेट गुमेपछि दवावमा परेका जमैकाका कुनै पनि व्याट्यम्यानले खुलेर व्याटिङ गर्खै सकेनन् । जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन मात्रै बनाउन सक्यो । १०८ रनको झिनो लक्ष्य पछ्याएको ट्रिनबागोले १५ ओभरमा १ विकेट गुमाएर १११ रन बनाउँदै जित हात पार्‍यो।

ट्रिनबागो नाइट राइडर्स फाइनल प्रवेश गरेको छ। अर्को सेमिफाइन खेल आजै राति गुयना अमेजन वारियर्स र सेन्ट लुसिया जुक्सबीच यसै मैदानमा हुँदैछ । न्यून स्कोरमा समेटिने क्रममा जमैकाका लागि क्रुमह बोनरले ४१, कप्तान रोभमान पावेलले ३३ र कार्लोस ब्रेथवेट १३ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । ट्रिनबागोका लागि अकिअल होसेनले एक्लैले ३ विकेट लिए।

सहज जित हात पार्ने क्रममा ट्रिनबागोका लागि लान्डी सिमोन्सले ५४ रन र टिवन वेबस्टरले ४४ रनबनाए । लगि चरणका सबै खेलमा विकेट लिन सफल सन्दीप सेमिफाइनलमा भने सफल हुने सकेनन् । ४ ओभर बलिङ गरेका उनले बिना विकेट २९ रन दिए।

अघिल्ला खेलमा पावर प्लेपछि बलिङमा आउने सन्दीपलाई यस खेलमा कप्तानले ५औं ओभरमा नै बलिङमा उतारे । यस ओभरमा ५ रन दिएका सन्दीपले ७औं ओभरमा ८ रन दिए । त्यसपछि ९औं ओभरमा ९ रन दिए । १४औं ओभरमा आफ्नो चौथो ओभर लिएर आएका उनले ७ रन दिए । निकै दवावका बीच बलिङ गरेका सन्दीपले धेरै रन नदिए पनि निर्णायक खेलमा जमेनन् ।जमैकाका लागि अफगानी स्पीनर मुजिव उर रहमानले मात्रै १ विकेट लिए।

यस सिजनमा सीपीएलका १० खेलमा बलिङ गरेका सन्दीपले १२ विकेट लिएका छन् । सन्दीप सीपीएलमा खेलेको यो तेस्रो सिजन हो।

२०१८ को सिजनमा सन्दीपले पहिलो पटक सीपीएल खेल्ने मौका पाएका थिए । सेन्ट किट्स एन्ड नेभिज पेट्रिवट्सले सन्दीपलाई लिएको थियो । सो सिजनमा ५ खेल मात्रै खेलेका उनले ७ विकेट लिएका थिए । उनको बलिङ इकोनोमी ६।२४ थियो । सीपीएल २०१८ को बेस्ट बलिङ एकोनोमीमा सन्दीप पाचौं स्थानमा रहन सफल भएका थिए । सो सिजनमा सन्दीपले क्याराबिन प्रिमियर लिग ९सीपीएल० को ‘ब्रेक थ्रु स्टार’ अवार्ड प्राप्त गर्न सफल भएका थिए।

२०१९ को सिजनमा बार्बाडोज ट्रिडेन्समा आवद्ध सन्दीपले ६ खेल खेलेका थिए जसमा ८ विकेट लिए । तयसपछि सिंगापुर र ओमानमा भएको टी–२० सिरिज खेल्नका लागि नेपाली टोलीमा आवद्ध भएका कारण सन्दीपले बाँकी खेल खेल्न पाएनन् । यस सिजनमा बेस्ट बलिङ इकोनोमीमा सन्दीप ९औं स्थान रहे । १९।२ ओभर बलिङ गरेका उनको बलिङ इकोनोमी ६।५१ थियो । ५।६३ इकोनोमी रहेका दक्षिण अफ्रिकी लेग स्पीनर इम्रान ताहिर पहिलो स्थानमा रहे । सन्दीपको टोलीले गत सिजन सीपीएलको उपाधि जितेको थियो।

२३ भदौ २०७७, मंगलवार २३:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु