आचार्य इपान अध्यक्षमा सर्वसम्मत निर्वाचित

वरिष्ठ उद्यमी कृष्णप्रसाद आचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानको अध्यक्षमा आचार्य सर्वसम्मत चयन भएका छन् ।

आइतबार साँझ अबेर सम्पन्न इपानको भेलाले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको गरेको हो । बाम र प्रजातान्त्रिक प्यानलबीच निर्वाचनमार्फत नेतृत्व चयन गर्ने रस्साकस्सीका बीच इपानमा आचार्यका नाममा सर्वसम्मति जुटेको हो ।

बिन्दवासिनी हाइड्रो पावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष आचार्य निर्माणाधीन १ सय ५५ मेगावाटको धुन्साखोला ९तेह्रथुम०, ४८.८ मेगावाटको खिम्ति–२ ९दोलखा०, २० मेगावाटको लाङटाङखोला ९रसुवा० र व्यवसायिक उत्पादनमा रहेको मोदी खोला–१ ९पर्वत० हाइड्रो पावरसँग सम्वद्ध छन् । आचार्य २०६३-०६३ को जनआन्दोलनपछि गठित अन्तरिम संसदमा उद्योगी–व्यवसायीका तर्फबाट सांसदसमेत थिए ।

यसअघि ९ सदस्यीय रहेको इपानको कार्यसमिति विधान संशोधन गरी १६ सदस्यीय बनाइएको छ । समितिका तीन उपाध्यक्षमा क्रमशः आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी चयन भए । यस्तै महासचिवमा गोरे शेर्पा, सचिवमा भरत खत्री, बलराम खतिवडा र राम आचार्य तथा कोषाध्यक्षमा आनन्द चौधरी चुनिएका छन् ।

कार्यसमिति सदस्यहरुमा प्रकाश दुलाल, भरत खड्का, भरत लामिछाने र उत्तम ब्लोन तथा महिला सदस्यमा अविज्ञा मल्ल र कविता कँडेल सर्वसम्मत चयन भएको इपानले जनाएको छ ।

बाँकी दुई सदस्य कार्यसमितिले पछि मनोनयन गर्नेछ । यस्तै इपानले पहिलोपटक संघीय संरचनाअनुसार सांगठनिक पुनर्संरचना गर्ने भएको छ । अब हरेक प्रदेशमा इपानको प्रदेश कमिटी गठन हुनेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनला

१ भदौ २०७७, सोमवार ०९:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु