शिव भगवान् बनेर झारफुक गर्छु भन्दै भाउजुमाथि बलात्कार

झारफुक गर्ने बहानमा बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले ४० वर्षीया भाउजु नाता पर्नेलाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा बिहिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

गएको साउन २० गते राति बिरामी भाउजुलाई भगवती र आफु शिब भगवान बनेर एक्लै झारफुक गरे सन्चो हुन्छ भन्दै बलात्कार गरेको समाचार पत्रले छापेको छ ।

आँफु बिरामी भएको र देवरले आफुले फुकेपछि मात्र निको हुँने भन्दै एक्लै कोठामा बसाली रातको समयमा बलात्कार गरेको पिडितले बताइएको प्रहरीले जनाएको छ ।

शिवले भनेको नमाने अनिष्ट हुने भन्दै धार्मिक डरत्रास देखाई बलात्कार गरेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।

 

३१ साउन २०७७, शनिवार ०९:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु