काठमाडौंमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु
काठमाडौंको बानियाँटारमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको परिचय खुलेको छैन ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले आफू घटनास्थलतर्फ जाँदै गरेको बताए ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले भने, ‘ग्रिनसिटी हस्पिटलमा उपचाररत घाइतेको मृत्यु भइसकेको छ, थप अनुसन्धान जारी छ ।’
हालसम्म प्राप्त विवरण अनुसार दुई समूहबीच झगडा हुँदा घटना भएको हुनसक्ने भनिएको छ । यद्यपि, प्रकरणमा कोही पक्राउ परिनसकेकाले यकिन भइनसकेको प्रहरी अधिकृतहरु बताउँछन् ।
प्रकरणमा संलग्न अभियुक्तको खोजी भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।
३० साउन २०७७, शुक्रवार २२:५० बजे प्रकाशित












