बुढानीलकण्ठ नगरपालिकामा ५ जना बढी भेला हुन प्रतिबन्ध

बुढानीलकण्ठ नगरपालिका वडा नं १० कार्यालयले वडाभित्र ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ ।

वडामा कोरोना संक्रमण बढ्दै गएको भन्दै साउन २९ गते बसेको वडा स्तरीय विपद व्यवस्थापन समितिले वडाभित्रका कुनै पनि स्थानमा ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो ।

त्यस्तै वढाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्याडबल ग्राउण्ड एरिया, बालुवाखानी चोक, रुद्रमति चोक र फ्रेण्डसिप क्लब क्षेत्रमा ठेलागाडामा ब्यापार, व्यवसायm फुटपाथ ब्यापार गर्न र भेला हुन निषेध गरिएको छ ।

बुढानीलकण्ठको वडा नं १० मा साउन २८ गते एकै परिवारका ८ जनासहित १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

३० साउन २०७७, शुक्रवार १५:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु