लोक सेवाको नयाँ वार्षिक कार्यतालिका, कुन पदको विज्ञापन कहिले खुल्छ ?

लोक सेवाले आयोगले सरकारी निकायका विभिन्न पदपूर्तिका लागि विज्ञापन गर्ने लगायत कामकारवाहीको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
लोक सेवाले निजामती सेवा, सुरक्षा र संगठित संस्थाका विभिन्न पदको पदपूर्तिको कार्यतालिका सार्वजनिक गरेको हो ।
आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि निर्धारित कार्यतालिकामा निजामती सेवाका पदमा असोजको अन्तिम बुधवारदेखि विज्ञापन आह्वान हुने उल्लेख गरिएको छ ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण भएको लकडाउनले प्रभावित भएका कार्यतालिकालाई समेत लोक सेवाले अगाडि बढाउने कार्यतालिकामा समावेश छ ।
२६ साउन २०७७, सोमवार ०६:५४ बजे प्रकाशित