आज लगातार झरी नपर्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

देशका केही ठाउँमा गएराति ठूलो पानी परेको छ ।

वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै महाशाखाले ठूलो पानी परेका र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

पानी परेका क्षेत्रमा पहिरो र तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम हुन सक्ने भएकाले सर्तकता अपनाउन महाशाखाका मौसमविद् गंगा नगरकोटीको आग्रह छ ।

अहिले देशैभर हल्का वर्षा भैरहेको छ । मौसम पूर्णतया बदली भएसँगै देशैभर हल्का पानी परेको हो । आज दिउँसो पनि हल्का वर्षाको संभावना छ ।

तर लगातार झरी नपर्ने संभावना नरहेको मौसमविद् नगरकोटीले बताउनुभयो । आज राति पनि केही ठाउँमा ठूलो र अरु ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

२६ साउन २०७७, सोमवार ०६:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु