लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ
 
			जनकपुरधाम । सिराहाका प्रहरीले लागूऔषध ब्राउन सुगरसहित आइतबार ६ जनालाई पक्राउ गरेको छ ।
गोलबजार नगरपालिका वडा नम्बर ६ दोहटियास्थित पाण्डव गुप्ताको घरमा लुकाएर राखिएका अवस्थामा १ ग्राम २ मिलीग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको सिराहाका प्रहरी प्रवक्ता बिनोद घिमिरेले जानकारी दिए ।
पक्राउ पर्ने अन्यमा गोलबजार ६ कै २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, १९ वर्षीय शिरिल महरा, वडा नम्बर ४ का २० वर्षीय सैफली खान र वडा नम्बर ५ का १९ वर्षीय विवेक श्रेष्ठ छन् ।
पक्राउ परेका मध्ये पाँच जना युवक भने लागूऔषध ओसारपसार तथा सेवन गर्नेहरु रहेको बताउँदै प्रहरी प्रवक्ता घिमिरेले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
२५ साउन २०७७, आइतवार १७:५२ बजे प्रकाशित
 
						 




