लेग चाडमा भएको आत्मघाती आक्रमणमा परी २७ को मृत्यु

काठमाडौँ, मङ्सिर २० । अफ्रिकी मुलुक लेक चाडमा भएको आत्मघाती आक्रमणमा २७ जनाको ज्यान गएको छ । झण्डै ८० जना घाइते भएका छन् । सुरक्षा अधिकारीका अनुसार लेक चाडको एक साप्ताहिक बजारमा ३ वटा आत्मघाती आक्रमण भएको थियो । आक्रमणको जिम्मेवारी कुनै पनि समुहले लिएको छैन । यस क्षेत्रमा बिद्रोही समुह बोको हरामले आक्रमण गर्दै आएको थियो । बोको हरामको हिंसात्मक गतिविधि बढ्दै गएपछि यस क्षेत्रमा आपतकालिन अवस्था लागु भएको थियो । बोको हरामको आक्रमणबाट बच्न आफ्नो ठाउँबाट विस्थापित भएका हजारौं नागरिक यो द्धीपमा बस्दै आएका थिए । आत्मघाती आक्रमणमा ३ जना महिला संलग्न रहेका प्रहरीले जनाएको छ । बोको हरामको कब्जामा रहेको उत्तरी नाइजेरियाको केही भूभाग फिर्ता लिन चाडको सहयोग महत्पवूर्ण रहेकाले यो आक्रमण बोको हरामले गरेको हुन सक्ने अनुमान छ । सन् २००९ देखि अहिलेसम्म बोको हरामको आक्रमणमा नाइजेरियामा कम्तिमा १७ हजारको ज्यान  गैसकेको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।

२० मंसिर २०७२, आइतवार ०३:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु