आजको मौसम : देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।

प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध छ ।

आज दिउँसो देशभर आंशिक बादली रहे पनि अपरान्ह पछि सामान्य बदली रही प्रदेश न। १, प्रदेश न। २ र बाग्मती प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले छ ।

त्यसैगरी आज राती देशभरको मौसममा सामान्य बदली रहने छ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

२० साउन २०७७, मंगलवार ०६:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु