चिनको पनि गिद्धे नजर- केरुङ नाकामा नाकाबन्दी झैँ अवरोध

अवरोध कायमै रहे दशैं तिहारमा नेपालमा समान अभाव हुने

केरुङ नाकामा नाकाबन्दी झैँ चिनियाँ पक्षले अवरोध गरेको छ ।  २०७२ मा भारतले लगाएको नाकाबन्दीको झल्को यतिबेला चिनियाँ नाकामा देखिएको हो ।

विगतमा चीनको केरुङ नाकामा नेपालतर्फ आउन लागेका कन्टेनरहरुको लस्कर हुन्थ्यो । तर यतिबेला नाकाबाट दैनिक ४ वटा कन्टेनर मात्रै नेपाल भित्रिने गरेका छन् । त्यसमाथि पनि अधिकांश ट्रकहरु स्याउ लगायत दैनिक उपभोग्य वस्तु मात्रै छन् ।

करिब ५ महिनादेखि ठप्प भएको उक्त नाका गत असार २२ गतेदेखि निरन्तरको सञ्चालनमा आएको थियो । तर, नाका सञ्चालनमा आएदेखि नै दैनिक ४ वटा भन्दा बढी कन्टेनर चिनियाँ पक्षले छोडेको छैन ।

यसलाई कतिपयले नेपालमाथि चिनको गिद्धे नजरका रुपमा हेर्न थालेका छन् । भारतले जस्तै नाका बन्दी गरेको आरोप लगाएका छन् ।

सामान्य अवस्थामै दैनिक औसत ३० वटा कन्टेनर प्रवेश गर्ने गरेकोमा अहिले सयौं कन्टेनर सामान नाकामा रोकिएको छ । तर आभरफ्लो व्यवस्थापन गर्नुको सट्टा चिनियाँ पक्षले साधारण अवस्थामा एक दिनमा आउने गाडी नेपाल भित्रनै १ साता लाग्ने अवस्था सिर्जना गरिदिएको छ ।

चिनियाँ पक्षले कोरोना भाइरस संक्रमणको जोखिम र कामदारको अभावको कारण देखाएर निकै कम मात्रै ट्रक छोड्ने गरेको हो । धेरै आवतजावत गर्दा रोग सर्नसक्ने भन्दै नाकापारिका स्थानीयले अवरोध गरेको र त्यसलाई चिनियाँ भन्सार प्रशासन, स्थानीय सरकार र तिब्बत सरकारले समेत साथ दिएको बताइएको छ ।

अहिले नेपाली पक्षले भन्सार कार्यालयदेखि परराष्ट्र मन्त्रालय तहसम्म पनि छलफल गरिसकेको छ । तर अहिलेसम्म कुनै उपलब्धि भएको छैन ।

चीनतर्फ सामान लोड अनलोड गर्ने कामदारको अभाव भएको जानकारीसँगै स्वास्थ्य मापदण्ड पालना गरेर १४ दिन क्वारेन्टिनमा बसेका ३० जना नेपालीलाई आउने अनुमति दिन नेपाली पक्षले आग्रह गरेको थियो । तर यो प्रस्तावलाई पनि उनीहरुले मानेनन् ।

सिन्धुपाल्चोकमा आएको बाढी पहिरोपछि कोदारी राजमार्ग अवरुद्घ हुँदा तातोपानी नाकाबाट हुने आयात समेत ठप्प भयो । सो नाकामा रोकिएका ७० ट्रक स्याउ पनि त्यसपछि त्यही नाका भएर आउने भए ।

चाँडै बिग्रिने भएकोले त्यसलाई प्राथमिकता दिएर ल्याउन नेपाली पक्ष तयार भयो । तर चीनले एउटा गाडी पनि बढी छाड्न मानेन । त्यही भएर सुरुका दिनमा आइरहेको लत्ताककपडा लगायत सामानहरु आउन छाडेका छन् । दशैं तिहारको मुखमा सामान आउन नसक्दा बजारमा सामानको अभाव हुने अवस्था समेत देखिएको छ ।

 

१७ साउन २०७७, शनिवार १७:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु