दाङमा अज्ञात समूहको कुटपिटबाट एक महिला गम्भीर घाइते

तुलसीपुर । पश्चिम दाङमा अज्ञात समूहको कुटपिटबाट एक महिला गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा शान्तीनगर गाउँपालिका वडा नम्वर २ अमुवाकोट निवासी ३५ बर्षिया बिमला वली रहेको प्रहरीले बताएको छ ।

घरमा कोही नभएको समयमा शनिवार विहान २ बजेतिर ती महिला माथी कुटपिट भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनी घर नजिकैको बारीमा विहान अचेत अवस्थामा फेला परेपछि स्थानियको सहयोगमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको हो ।

उनलाई थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ । उनी माथी कसले र किन आक्रमण गरेको हो भन्ने बारे केहि खुलेको छैन ।

उनका श्रीमान् बैदेशिक रोजगारीमा विदेश छन् भने छोरा र छोरी घरमा नभएको मौका छोपी उनी माथी कुटपिट भएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले बताएको छ ।

१७ साउन २०७७, शनिवार ०९:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु