२४८० कर्मचारीले अनिवार्य अवकाश पाउँदै
१९ सचिवको अवकाश
११ साउन, काठमाडौं । चालु वर्ष मुख्य सचिव लोकदर्शन रेग्मीसहित २ हजार ४ सय ८० सरकारी कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् ।
राष्ट्रिय किताबखाना निजामतीले आर्थिक वर्ष ०७७-७८ मा अनिवार्य अवकाश हुने कर्मचारीको सूचना नै प्रकाशित गरेको छ । सरकारका मुख्य सचिव रेग्मीको अन्यत्र कतै राजनीतिक नियुक्ति भएन उनले आगामी कात्तिक ७ मा अनिवार्य अवकाश पाउनेछन् ।
नेपाल कानुन आयोगका सचिव चिरञ्जीवी खनाल कात्तिक २, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी कात्तिक १, परराष्ट्र सचिव शंकरदास बैरागी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटाले आगामी असोज २२ मा अनिवार्य अवकाश पाउँदै छन् ।
यस्तै, राष्ट्रिय सूचना आयोगका सचिव मणिराम ओझा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव प्रकाश माथेमा, पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा, लोकसेवा आयोगका सचिव आनन्दराज ढकाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तीर्थराज ढकाल पनि सेवा अवधि पूरा भएर चालु आर्थिक वर्षभित्रै अनिवार्य अवकाश पाउने सूचीमा छन् ।
यही वर्ष अनिवार्य अवकाश पाउने सचिवहरूमा वन तथा वातावरण सचिव विश्वनाथ ओली, सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी, शिक्षा मन्त्रालयको विज्ञान तथा प्रविधि सचिव सञ्जय शर्मा, खानेपानी मन्त्रालयका सचिव माधव बेलवासे, रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डे, महालेखा निरीक्षक गोपीनाथ मैनाली र वाग्मती प्रदेशका प्रमुख सचिव मानबहादुर विक छन् । १९ सचिवमध्येबाटै एक जनाले मुख्य सचिव बन्ने अवसर पाउनेछन् ।
ठूलो संख्यामा सहसचिवको अवकाश
चालु आर्थिक वर्ष ०७७-७८ अवकाश पाउनेको सूचीमा सहसचिवहरू पनि थुप्रै जना रहेको राष्ट्रिय किताबखानाले जनाएको छ ।
सहसचिव अच्युतप्रसाद ढकाल, लावण्यकुमार ढकाल, लेखनाथ शर्मा, कुमारबहादुर खड्का र दीपेन्द्र काफ्लेलगायतले अनिवार्य अवकाश पाउन लागेका हुन् । यस्तै, सहसचिव वीरबहादुर राई, भीमसेन तिमिल्सिना, भेषबहादुर कार्की, शंकरप्रसाद सुवेदी, कैलाशराज पोखरेल, रामकृष्ण गुरागाईं, बलराम मिश्र, सरोजकुमार प्रधान, भगवानप्रसाद गुप्ता, हरिप्रसाद दाहाल, नवराज काफ्ले, श्यामराज अधिकारी, सुरेन्द्रप्रसाद नेपाल, विष्णुकुमार कार्की, प्रवीणराज अर्याल, भेषनाथ शर्मा, वंशी शर्मा, सनतकुमार दवाडी र विष्णुप्रसाद अधिकारीले पनि अवकाश पाउनेछन् ।
अवकाश पाउने अन्य सहसचिवहरूमा नरनाथ गिरी, कौशलकिशोर झा, तेजबहादुर सुवेदी, प्रेमराज जोशी, कालीप्रसाद पोखरेल, तेजराज पाण्डे, भक्तबहादुर ढकाल, शम्भुबहादुर खड्का, नारायण अधिकारी, केदारप्रसाद पनेरु, टीकाराम ज्ञवाली, यज्ञबहादुर हमाल, चन्द्रमान श्रेष्ठ, दिगम्बर ठाकुर, किशोर जोशी, रूपनारायण भट्टराई, मुरारी महत, उपेन्द्रकुमार खनाल छन् ।
यस्तै, विद्यानाथ भट्टराई, महेश्वरनरसिंह केसी, डिल्लीराम सेढाईं, ध्रुवमणि ज्ञवाली, मदन थापा, माधवप्रसाद पौडेल, यज्ञराज बोहरा, यादव सुवेदी, लक्ष्मणप्रसाद पौडेल, बलराम थापा, दीपक केसी, नरेन्द्रसिंह भण्डारी, द्रोण पोखरेल, जीवनप्रकाश श्रेष्ठ, हरि बखती, दीर्घनारायण पौडेल, राजेश पौडेल, कञ्चनराज पाण्डेले पनि अवकाश पाउनेछन् ।
किताबखानाले हरेक आर्थिक वर्षको सुरुमा अनिवार्य अवकाश हुने कर्मचारीको नामावली सार्वजनिक गर्ने गरेको छ ।
कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मका कर्मचारीहरूको अनिवार्य अवकाशको सूचना सार्वजनिक गरेको छ । किताबखानाले सूचनामा उमेर हदका कारण वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा ६ महिनाअगावै निजामती सेवा नियमावली ०५० बमोजिमको फाराम भरी आफू बहाल कार्यालयमार्फत राष्ट्रिय किताबखानामा पठाउन अनुरोध गर्छ ।
११ साउन २०७७, आइतवार २३:३९ बजे प्रकाशित





