नेकपा स्थायी कमिटी बैठक पर्सिसम्मका लागि स्थगित
२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पर्सि असार ४ गते सम्मका लागि स्थगित भएको छ ।
बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो ।
तर अब ४ गते ३ बजे बस्ने गरी स्थगित भएको एक नेताले बताए ।
२ साउन २०७७, शुक्रवार ०७:५९ बजे प्रकाशित













